Hari Sadan, New Delhi, India
+911135946201, 09953726773

Pana Haru Khali Chan

Reading age

10 years and above

Print length

102

ISBN-13

81-8250-004-4

Publication date

January 1, 2014

Language

English

Publisher

Nirala Publication

Secure Transaction

Fast Delivery

Description

विश्वमा समेत प्रख्यात हिमाली कवि युयुत्सु आरडी शर्माको ‘पानाहरु खाली छन्’ काव्यकृतिलाई ऐतिहासिक उपलब्धिका रुपमा लिन सकिन्छ । विगत चार दशकदेखि नेपाली वाङ्मयको सेवा गरेका शर्मा नेपाली साहित्य जगत्का प्रिय र नाम चलेका स्रष्टा हुन् । यस अवधिमा त्रिविका प्राध्यापक, नेपाली कविताका अनुवादक र सम्पादक, नेपाली भाषाका लेखक र स्तम्भकार, साहित्यिक आन्दोलनका प्रवत्र्तक, ‘प्रतीक’ आदि अङ्ग्रेजी पत्रिकाका सम्पादक, निराला नेपाली शृङ्खलाका संस्थापक, विश्व भ्रमणकर्ता, हिमाली भेगका द्रष्टा र स्रष्टा जस्ता अनेक अवतारमा शर्मालाई हामीले देखेका छौँ । प्रस्तुत काव्यकृति विशाल पृष्ठभूमि र परिधि बोकेको कृति हो । छयालिस सालपछिको कालखण्डबाट प्रारम्भ भएको तथा महाभारत शृङ्खलास्थित सानो पौराणिक गाउँ भीमफेदीबाट प्रथम पाइला टेक्दै काठमाडौँ, भक्तपुर, अन्नपूर्ण, हेलम्बु, सगरमाथा हुँदै आन्ध्र महासागरका दुवै तट छेउमा बसेका युरोपेली र अमेरिकी नगरहरुमा पुगेर कविताका पाना भरिएका छन् र उनलाई अझै थुप्रै खाली पानाहरुले कुरिबसेका छन् । यो सङ्ग्रह लामो काव्ययात्राबाट सिर्जित सयौँ रचनाबाट छानिएको गहन एवं सङ्ग्रहणीय दस्तावेज हो । नौलो शिल्प र काव्यचिन्तनबाट उब्जेको ‘पानाहरु खाली छन्’ लाई नेपाली साहित्यको प्राप्तिका रुपमा लिन सकिन्छ । आइरिस कवि काहल ओ साकीको शब्दमा भन्ने हो भने “तपाईँले युयुत्सुको कृति किन्न सक्नुहुन्न भने चोरेर भए पनि पढ्नुहोस् ।

You might also like these books